नैतिकता भए क्यानका १८ जनाले नै राजीनामा दिनुपर्छ : मल्ल

काठमाडाैं | माघ १८, २०७९

नैतिकता भए क्यानका १८ जनाले नै राजीनामा दिनुपर्छ : मल्ल

पोखराः नेपाल क्रिकेट संघ (क्यान)का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नैतिकता भए सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याउने १८ जना कार्यसमितिका सबैले राजीनामा दिनुपर्ने बताएका छन्।

 

‘नेपाल टी २० लिग असफल भयो, गभर्निङ काउन्सिलमा भएको मैले राजीनामा दिएँ, अरुले किनदिने, सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याएको १८ जनाको कार्यसमितिले हो, नैतिकता छ भने सबैले राजीनामा दिनुपर्यो नि त,’ मंगलबार बसेको क्यानको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मल्लले भने।

 

संघलाई नै राजीनामा गराएर नेपाली क्रिकेटलाई समाप्त पारिन खोजेको आरोप मल्लले लगाएका छन्। केन्द्रीय कार्यसमितिमा भएका सात जनाले हिजो बैठक सुरु भएपछि राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए।

 

‘क्यानको राम्रो काम देखेर आईसीसीले बजेट बढाइरहेको र इभेन्ट पनि दिइरहेको छ,’ आक्रामक शैलीमा प्रस्तुत हुँदै मल्ले भने, ‘यो टिमले यसअघि आर्थिक पक्षमा उठ्ने गरेका प्रश्नलाई पनि दुरुस्त पारेको छ। ’

 

एउटा मानिस बद्नियतसहित नेपाल क्रिकेटमा प्रवेश गरेको चिन्न नसक्दा एउटा घटनामा क्यान असफल भएको उनले बताएका छन्।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्